डिसहोमको क्रेडिट सर्भिस १० दिनसम्म प्रयोग गर्न सकिने

Spread the love

नेपालको एकमात्र डीटीएच सेवा प्रदायक कम्पनी डिश मिडिया नेटवर्कको डिशहोम क्रेडिट सर्भिस अब १० दिनसम्म प्रयोग गर्न पाइने भएको छ । आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको डिसहोमले ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउने उद्देश्यले म्याद थप गरिएको बताएको छ ।

यसअघि डिसहोमले सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ५ दिनसम्म थप म्याद दिदै आएको थियो । अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो । यो सेवामार्फत कम्पनीका ग्राहकले एकपटक खरिद गरेको नियमित सेवाको अवधि समाप्त भएपछिको १० दश दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ । यो सुविधा वापत डिशहोमका ग्राहकले कुनै प्रकारको अतिरिक्त व्ययभार समेत व्यहोर्नु नपर्ने बताइएको छ ।

कसरी लिने डिशहोमको क्रेडिट सर्भिस सेवा ?

डिसहोम क्रेडिट सर्भिस सेवा लिनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टम्बर आइडि टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउनुपर्नेछ । त्यस्तै ९८०१११२२३३ मा मिसकल गरेर समेत यो सेवा लिन सकिनेछ । १० दिनको क्रेडिट सर्भिस सेवा प्राप्त भएको जानकारी आफ्नोे मोबाइलमै पाइने छ ।

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो, जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ । यस प्रकारको सेवाबाट विशेष गरी तत्काल रिचार्ज गर्न समस्या हुन सक्ने ग्रामीण भेगका ग्राहकहरु बढी लाभान्वीत हुने कम्पनीको विश्वास छ । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिशहोमले करिब २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *