क्लासिक टेकले ल्यायोे रिचार्जमा बोनस अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस अफर ल्याएको छ । कम्पनीले ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुनः भुक्तानी गरेमा रिचार्जमा बोनस दिने अफर ल्याएको हो ।
कम्पनीले कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको छ । आफ्ना सेवाग्राहीहरुलाई ६ महिनाको शुल्क रिचार्ज गर्दा १ महिना र १ वर्षको ग्राहक शुल्क रिचार्ज गर्दा २ महिनाको थप इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले वार्षिक ग्राहक योजनाअन्तरगत २० एमबिपिएसको लागि १२ हजार रुपैयाँ, २५ एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३० एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३५ एमबिपिएसको लागि १४ हजार १४८ रुपैयाँ, ४० एमबिपिएसको लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबिपिएसको लागि १५ हजार रुपैयाँ, ६० एमबिपिएसको लागि १६ हजार ८०० रुपैयाँ र ७० एमबिपिएसको लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएमा २ महिनाको छुट ग्राहकहरुले पाउने कम्पनीले जानकारी दिएको छ ।
अफर अन्तरगत क्लासिकको इन्टरनेटसहित क्लासिकप्रभु टिभीसमेत २ महिना अफरमा प्राप्त गर्न सकिनेछ । ग्राहकहरुलाई आफ्ना कुनैपनि योजनाहरुमा एबिपिएस प्याकेज थप गर्ने वा घटाउन सकिने सुबिधा रहेको छ । क्लासिक टेकका सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाहरुको जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै कम्पनीले अनलाइन भुक्तानीका लागि प्रभु पे, इसेवा, आइएमई पे, खल्ती, फोन पे, आईपीएस कनेक्ट, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट शुल्क तिर्न सकिने सुबिधा दिएको छ ।