दुई महिनामै भित्रिए करिब ८ अर्बका मोबाइल, कुन देशबाट कति ?
काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा करिब आठ अर्ब रुपैयाँ बराबरका मोबाइल नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै सात अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँभन्दा बढीका मोबाइल सेट आयात भएका हुन् । यस अवधिमा कूल नौ लाख ९५ हजार पाँच सय थान मोबाइल भित्रिएका छन्…